लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा सरोकारवाला संग अन्तरक्रिया


कञ्चनपुर
लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको एकेयवद्धता नाराको साथ माइती नेपाल १६ दिने लैङ्गिक शिक्षा विरुद्धकोे अभियान समापन गरेको छ । भीमदत्त नगरपालिकाको समन्वय र माईती नेपालको आयोजनामा भएको कार्यक्रममा कञ्चनपुरका सबै सरोकारवालाहरुको उपस्थिती रहेको थियो । उक्त अन्तरिक्रिया कार्यक्रममा १६ दिने अभियानमा सबेले आ–आफुले गरेको कार्यको बारेमा प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा नगरपालिकाका समाजिक विकास अधिकृत गौमा अवस्थीले लौङ्गिक हिंसामा महिला मात्रैको सरोकार नभएर पुरुष र तेस्रो लिङ्गी पनि पर्ने हुनाले हामी सबै सरोकारवालाले महिलाको मात्र नभएर सबैको हिंसा विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिनु भयो र यस्ता कार्यक्रममा हिंसामा परेका महिला, पुरुष र तेस्रो लिङ्गीको पनि सहभागिता गराउन सके सबैलाई समेटेको आभाष हुने बताउनु भयो ।

त्यसै गरी माइती नेपालकी कञ्चनपुर जिल्ला संयोजक महेश्वरी भट्टले १६ दिने महिला लैङ्गिक ंिहंसाको अभियान सकिए पनि आफुहरुको अभियान कहिले नसकिने हिंसामा परेकाहरुको लागि सधैं लडिरहने महिला हिंसा तथा बालबालिको हिंसा भएको खण्डमा उनिहरुको न्यायको लागि आफु र आफनो संस्था सधै लागी रहने बताउनु भयो ।

गैर सहकारी संस्थाका अध्यक्ष नरेश सिलवालको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथी भीमदत्तनगर प्रमुख सुरेन्द्र विष्ट रहनु भएको थियो । प्रमुख अतिथी विष्टले कुनै पनि हिंसा विरुद्ध सबै एकजुट भएर लडनु पर्ने कोहि हिंसामा परी सहेर बसेको छ भने हिंसा विरुद्ध आवाज उठाई आफ्नो न्यायको लागि अगाडि आउनु पर्ने, १६ दिने हिंसा विरुद्ध अभियान भने पनि निरन्तर हिसा विरुद्ध अभियान चलेको बताउनु भयो ।

सबै सरोकारवालाले ंिहसा अन्त्यको लागि आफुहरु सधै एकवद्ध भएर लाग्ने र कसैले हिंसा सहेर बसेको भए आफुहरु चुप लागेर नबस्ने, न्यायको लागि सबै मिलि लडने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img