न्यू फाप्ला रेष्टुरेन्ट एण्ड क्याफेले जित्यो आठौँ आईसिवाईसी वडाध्यक्ष कपको उपाधि


कञ्चनपुर: आठौँ संस्करण आईसिवाईसी वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि न्यू फाप्ला रेष्टुरेन्ट एण्ड क्याफेले जितेको छ।

मंगलबार देखतभुलिको खेलमैदानमा भएको न्यू फाप्ला रेष्टुरेन्ट एण्ड क्याफे फुटबल टिम र देखतभुली पी–२७ टिम बीच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरमार्फत गरिएको थियो। ट्राइबेकरमा देखतभुली पी–२७ लाई ३–० गोल अन्तरले पराजित गर्दै न्यू फाप्ला रेष्टुरेन्ट एण्ड क्याफेले उपाधि आफ्नो पोल्टामा पारेको हो।

प्रतियोगिताको उपाधि विजेता न्यू फाप्ला रेष्टुरेन्ट एण्ड क्याफेले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ। त्यस्तै, उपविजेता देखतभुली पी–२७ ले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताका विभिन्न उत्कृष्ट विधाका खेलाडीलाई नगद सहित पुरस्कृत समेत गरेको थियो।

प्रतियोगिताको समापन समारोहमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडा नं. ०५ का वडाध्यक्ष पहल बहादुर थापा, कैलाली जिल्ला खेलकुद समितिका उपाध्यक्ष बेनि खड्का, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, महासचिव नितेश रावल, राष्ट्रिय खेलाडी वीरेन्द्र चन्दलगायत खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। समापन समारोह कार्यक्रमको सञ्चालन हेमन्त रानाले गर्नुभएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img