
कञ्चनपुर: टिकटक स्टार एव युवा समाजसेवी अंशु बर्माले आफ्नै लगानीमा एक मन्दिरको सौन्दयीकरण गर्न लागेका छन । कञ्चनपुर महेन्द्रनगरकै मन्दिरमा बर्माले अहिले आफ्नै निजी लगानीमा सौन्दयीकरण गर्न लागेका हुन । उनले वर्षौँअघि हजुरबुबाले धार्मिक आस्थाका साथ मन्दिरका लागि दान गर्नुभएको जग्गामा अहिले रङ्गीचङ्गी तथा आकर्षक बनाउने कार्य गरिरहेका छन्।

अंश वर्माले हजुरबुबाले समाज र धर्मका लागि गर्नुभएको पुण्य कार्यलाई निरन्तरता दिन पाउँदा आफूलाई निकै गर्व र खुसी लागेको बताए । उनले आमाबुवाको आशीर्वाद र अग्रजहरूको प्रेरणाले सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान पु¥याउने हौसला मिलेको बताउँदै उनले आगामी दिनमा पनि यस्ता सकारात्मक तथा समाजोपयोगी कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

पुर्खाले रोपेको पुण्यको बीउलाई नयाँ पुस्ताले कर्ममार्फत हुर्काउनु वास्तवमै प्रेरणादायी कार्य हो। यस अघि पनि बर्माले गरिब विपन्नदेखिका विभिन्न क्षेत्रमा समाजिक कामकाज गर्दै आएका छन ।










