कञ्चनपुर,: कञ्चनपुरको एक बैकले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा रहेको कामना सेवा विकास बैकले २०औँ बार्षिकोत्सवको अवसरमा रक्तदान गरेको हो ।

बुधबार शाखाले नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरसंगको प्राविधिक सहकार्यमा महेन्द्रनगरमै रक्तदान गरेको जनाएको छ । कामना सेवा विकास बैक महेन्द्रनगरका प्रमुख किसनसिह भाटले बैंक स्थापना भएको २०औँ बर्षको अवसरमा समाजिक काम गरेको बताए ।

उनका अनुसार बिहान ९बजदेखि शाखामै दिउँसो ५बजेसम्मै रक्तदान गरिनेछ । यस अघि पनि कामना सेवा विकास बैकले समाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न समाजिक कामकाज गर्दै आएको छ ।











