कञ्चनपुर: कञ्चनपुरको पश्चिम नाकामा तालिम प्राप्त कुकुरबाट चेकजाँच गर्न लागिएको छ । भारतसंग जोडिएको बनबासा–गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरबाट चेकजाँच गर्न लागिएको हो । सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी ३५ नम्बर गणका गणपति एसपी प्रेम प्रकास सिग्देलले दशै, तिहार लक्षित गरेर चेकजाँच शुरु गरिएको बताए ।

लेब्राडो अल्फा र जर्मन सेफड डेल्टा मार्फत चेकजाँच शुरु गर्न लागिएको हो । एसपी सिग्देलका अनुसार लेब्राडो अल्फा नाम गरेको फिमेल डग र जर्मन सेफड जातको डेल्टा नाम गरेको मेल डगबाट नेपाल भित्रिने यात्रुदेखिका सवारी साधन गर्न लागिएको छ । एसपी सिग्देलका अनुसार सशस्त्र प्रहरीका असई जगदिश भट्टको कमाण्डमा तालिमप्राप्त सशस्त्र प्रहरी खटाईएको छ ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले दशैँ तिहारका बेला आवश्यक सुरक्षाका लागि सशस्त्र प्रहरीबाट तालिमप्राप्त कुकुरबाट परिचालन राम्रो भएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले तालिम प्राप्त कुकुरबाट थप सुरक्षा व्यवस्था बलियो हुने बताए । दशैँ, तिहारदेखि छठसम्मै तालिम प्रांप्त कुकुरबाट सीमा क्षेत्रमा निगरानीदेखि चेकजाँच बढाईनेछ ।











