सिलाई कटाई तालिम लिएर मुक्त हलियाका महिलाहरु आत्मनिर्भर

कञ्चनपुर 

शुक्लाफाँटा नगरपालिकाका मुक्त हलिया परिवारका बीस जना महिलालाई सिलाई कटाई सम्बन्धी सीप सिकाई आत्म निर्भर बनाईएको छ ।विश्व श्रम संगठन(आइएलओ)को आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले ब्रिज परियोजना अन्र्तगत पहिलो तह पास गरेका मुक्त हलियाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धि दोश्रो तहको सीप सिकाईएको हो ।दुई महिने तालिम प्रदान गरी महिलाहरुलाई दक्ष बनाईएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले तालिम समापनका अवसरमा बताउनु भयो ।

पहिलो चरणमा सीप सिक्न नसकेका कुराहरु दोश्रो चरणको तालिममा सिकाएका छौं उहाँले भन्नु भयो, आर्थिक रुपमा विपन्न अबस्थाका परिवारका महिलाहरुलाई तालिममा सहभागी गराई आत्म निर्भर बनाईएको छ । तालिम लिएका महिलाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि समेत सहयोग गरिने उहाँले बताउनु भयो । दुई महिने तालिममा महिलाहरुलाई जानकी चौधरीले प्रशिक्षण दिनु भएको थियो ।

ताजा समाचार