नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापतीमा पुन : मल्ल


दोधारा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगर अधिवेशनमा नगर सभापतीमा पुन : राजेन्द्र मल्ल चयन हुनुभएको छ् । नेपाली काग्रेंस दोधारा चाँदनीको पार्टी कार्यालयको सभा कक्षमा अधिवेशनले राजेन्द्र मल्ललाई पुन : नगर सभापतिमा निर्विरोध चयन गरेको हो । अधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय प्रतिनिधि तथा स्थानीय नेता कार्यकर्ताहरु बीचको व्यापक छलफल र सहमतिपछि मल्लको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको छ् । नेपाली काग्रेंस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपाल भट्टको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नगर सभापति सहित अन्य पदाधिकारीहरुलाई पनि निर्विरोध चयन गरेको हो ।

गठित नयाँ कार्यसमितिको उपसभापतिमा केशरी सुनार र करन बहादुर सिंह चयन हुनुभएको छ, भने सचिवमा रमेश भण्डारी र विशाल बिष्ट निर्वाचित हुनुभएको छ् । त्यसैगरी, सहसचिव पदमा महेश्वरी थापा पुजारा र रोशनी सुनार सर्वसम्मत चयन हुनुभएको छ् ।

अधिवेशन मार्फत सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भए संगै दोधारा चाँदनीमा नेपाली कांग्रेसको नगर संगठन थप सुदृढ र एकजुट हुनेमा नेताहरुले बिश्वास ब्यक्त गरेका छन् । नवनिर्वाचित नेतृत्वले पार्टी संगठन विस्तार र विकास कार्यमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img