महाविपत्तीमा महेन्द्रनगरको हाम्रो भोजनालयको साथ ः भोटेकोशी–त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग


कञ्चनपुर: कञ्चनपुर महेन्द्रनगरको एक चर्चित होटलले भोटेकोशी–त्रिशुली वाढीपीडित नागरिकका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले भोटेकोशी–त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग गरेको हो ।

हाम्रो भोजनालयका संचालक समेत रहेका समाजसेवी चक्र प्रशाद मिश्रले प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा एक लाख एक हजार एक सय ११ रुपैया जम्मा गरेका छन । संचालक मिश्रले बिहीबार एक कार्यक्रमका विच प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरेका हुन । समाजसेवी समेत रहेका मिश्रले सिङ्गो देश विपद्को संकटमा परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए ।

यस अघि पनि हाम्रो भोजनालयले संकटमा परेका नागरिकहरुलाई सहयोग गर्दै आएको छ । मिश्रले संकटमा बेला सक्दो सहयोगका लागि सबै पक्षसग आब्हान समेत गरेका छन । मिश्रले स्थानीयदेखिका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन । उनले होटलमै समेत प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषको क्युआर राखेर सहयोगका लागि आब्हान गर्ने बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img