कञ्चनपुर : सुदूरपश्चिमेली नेपाली समाज अन्र्तराष्ट्रिय समितिले भोटेकोशी, त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज अन्र्तराष्ट्रिय समितिले भोटेकोशी, त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग गरेको हो ।

सुदूरपश्चिमेली नेपाली समाज अन्र्तराष्ट्रिय समितिका सचिव डम्बर बहादुर खडका, अध्यक्ष शेर बहादुर रावतले हस्ताक्षर गरेको विज्ञप्तीमा एक लाख, एक हजार रुपैया प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरेको जनाएको छ । उक्त समितिले विपद्का बेला सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईसंग आग्रह गरेका छन ।











