कञ्चनपुर : कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गरेका छन । विद्यार्थी नेता प्रकास जप्रेलले जन्मदिनको अवसरमा जेहेन्दार दलित विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका हुन । अखिल समाजवादीका पुर्व केन्द्रीय महासचिव जप्रेलले आफ्नो खुसीमा विपन्न दलित समुदायका विद्यार्थी पारस दमाईलाई शैक्षिक समाग्री सहयोग गरेका छन ।

बैतडीका स्थानीय समेत रहेका दमाई उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आएका थिए । दमाई महेन्द्रनगरको जनज्योती बहुुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरथ छन । आर्थिक अभावमा दमाई महेन्द्रनगरमै रहेको दलित छात्राबासमा बस्दै आएका छन । उनलाई पुर्व विद्यार्थी नेता जप्रेलले पेन, कापी र झोला वितरण गरेका हुन । डेढ दशक अघि विद्यार्थीको हकहितका लागि कञ्चनपुरबाटै केन्द्रसम्म राजनीतिक संघर्ष गरेका जप्रेलले गृह जिल्ला कञ्चनपुरकै क्याम्पसमा अध्ययनरत विद्यार्थीको समस्यालाई मध्य नजर गर्दै सहयोग गरेका छन ।

पुर्व विद्यार्थी नेता जप्रेलले आफ्नो खुसीमा जेहेन्दार विद्यार्थीलाई सक्दो सानो सहयोग गरेको बताए । पुर्व विद्यार्थी नेता जप्रेलले आफ्नो समस्यामा मलम लगाउने काम गरेको भन्दै आभार प्रकट गरेका छन । जप्रेलले गत विगतमा पनि यस्तै सहयोग गर्दै आएका थिए, उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रण गरेका छन ।











