कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको दार्चुलाका एक विष्ट परिवारले आफ्ना जेष्ठ सदस्य तथा बाबुको स्मृतिमा कैलाली धनगढीको नवजिवन अस्पतालमा उपचारमा छुट व्यवस्था गरेको छ । मार्मा गाँउपालिका ३ दार्चुलाका विष्ट परिवारले बाबु ललबिर सिह विष्टको स्मृतिमा जिल्लाबासीदेखि प्रदेश सहितका अन्य जिल्लाका अति विपन्न परिवार सदस्यको उपचारका लागि छुटको व्यवस्था गरेको हो ।

विष्ट परिवारले अस्पतालसंग १८ भदौँ ०८३ बिहीबारदेखि लागु हुने गरेर १० दिन र बर्षभरीका लागि उपचारमा विभिन्न प्रतिशत छुट व्यवस्था सम्झौता गरेकोछ । स्व.ललबिर सिह विष्टकी धर्मपत्नी निर्मला विष्ट, छोराहरु लोकेन्द्र सिह विष्ट, माधव सिह विष्ट, डबल सिह विष्ट, पदम सिह विष्ट परिवारले अस्पतालसंग उपचारमा छुटको व्यवस्था गरिएको छ ।

स्व. विष्टमा कान्छा छोरा पदम सिह विष्टले बाबुको स्मृतिमा उनलाई चिन्ने सबै बिरामीलाई बर्षभरी सबै बिरामी तर्फ १० प्रतिशत छुट गरिएको बताए । १०दिनम्म दार्चुला विपन्न जिल्लाबासीलाई २५ प्रतिशत अन्यलाई २० प्रतिशत उपचारमा छुट गरेको बताए । विष्ट परिवारको सिफारिसमा अस्पतालले उक्त छुट सुविधा दिने छ । यसरी विष्ट परिवारले ६ महिना अघि देहान्त भएका ललबिर सिह विष्टको स्मृतिमा सुविधा सम्पन्न अस्पतालमा उपचार छुटसंगै जिल्लाबासी स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन ।











