महिला हिंसा विरुद्धको सोह्र दिने अभियान चलेकै बेला बैतडीमा महिला माथी बलात्कारको प्रयास, प्रहरीकै सामु गाउँका ठालुहरुद्धारा आरोपीलाई उन्मुक्ति

प्रहरीकै सामु गाउँका ठालुहरुद्धारा आरोपीलाई उन्मुक्ति

बैतडी
अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान चलेका बेला बैतडीमा महिला माथी बलात्कारको प्रयास भएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नं.७ का एक पुरुषले सोही ठाउँ बस्ने गाउँकी महिलालाई बलात्कार गर्ने प्रयास गरेको पिडित परिवारले जनाएको छ । महिलाका श्रीमान भारतको बेङ्लोरमा कामको सिलसिलामा रहेका बेला धामीगाउँ बस्ने अन्दाजी बर्ष २७ को जनक धामीले माइती घरबाट फर्किदै गरेकी महिलालाई १६ गते दिउसो करिव ३ बजे जंगलमा रोकी पैसा दिने प्रलोभन देखाइ बलात्कार गर्ने प्रयास गरेको पिडित महिलाले बताएकी छिन् । महिलाका अनुसार माइती घरका केहि मान्छे श्रीमन भएको ठाउँमा कामको लागि जाने हुदा आफ्नो श्रीमानलाई घरको कोसेली पठाउन माइती घर कोसेली पुर्याएर फर्किने बेला ती अपराधिक मानसिकता बोकेका युवाले महिलालाई पैसा दिउला म संग यौन संम्पर्क राख्न प्रस्ताव गरेपछि आफु भाग्दै गाउँमा पुगेको र ति पुरुषको घरमा गएर मलाई तिम्रो श्रीमानले यस्तो भन्यो भन्दा तिनकी श्रीमतीले समेत श्रीमानको तर्फबाट आफु माफी माग्ने यस्तो गल्ती आइन्दा नगर्ने, भने पछि महिलाले प्रहरीमा उजुरी दिएपछि गाउँका ठुला भद्रभलादमीहरुले एकपटक माफि गरिदेउ भनी आफुलाई दवाद दिई जवरजस्ती कागज बनाई कागजमा हस्ताक्षर गर्न लगाएको बताइन । उनले भने त्यहाँका भद्रहरुले आफुलाई मिल्न दवाद दिए पछि आफुलाई असय भए पछि आफ्नो श्रीमानलाई खवर गरेर आफुमा घटेको घटनाको जानकारी गराएको बताए । गाउँका आफन्त लगायतले सामान्य कुरा भएको यस्तो आइन्दा यसले गरे कारवाही गरौंला आजलाई माफ गरिदेउ भनी यस्तो अपराध लुकाउन खोज्दा श्रीमानलाई अव आफु यस्तो पिडा बेइजती नसहेर बस्ने भनेर भन्दा श्रीमनले त्यस्ता कुर्कमीहरुलाई कारवाही नभए यो धर्तीमा बाच्नुको कुनै औचित्य नभएको बताए ।

प्रहरी र गाउँका ठालुहरु सामु आफु माथी बलात्कारको घटना सुनाउदा समेत ठालु र प्रहरीले आफ्ना कुराको सुनुवाइ नगरि एकपक्षिय तरिकाले मिल्नमात्र दवाद दिए पछि आफु झिन पिडा भएको उनी बताउछिन् । आफ्नो श्रीमतीमाथी यस्तो घटना घट्दा घरको छानामाथी बाट खसेको जस्तो भएको पिडित श्रीमानले बताए । उनले फेसबुकमा एक स्टाटस राख्दै दुःख यसरी व्यक्त गरेका छन् । “माइती घरबाट फर्किरहेकी एउटा एक्लै महिला (नारी)लाई घनघोर जङ्लको बिच बाटोमा एक्लै भएको फाइदा उठाइ रक्सी खाएर तेरो नाम फल्नो होत, तेरो भाइको नाम फल्नो होत, तेरो बुढो का छ ? भनेर सोद्नु अनिले पैसा लिएर जा पहिलो चोटि ५सय, दिन्छु १हजार दिन्छु, १५ सय दिन्छु, मल्लो बाटो हिड म तिम्रो बच्चाहरुको लागि चाउचाउ बिस्कुट दिन्छु भन्ने जस्ता प्रलोभन, लालच, हैकम्बाद देखाएर बलत्कार गर्न खोज्नु काहाँ सम्म्को दुस्प्रयास, कुकर्म ,घिन्लाग्दो हर्कत होत !! एउटा नारी प्रती गर्नु पर्ने ब्यबहार यै होत जङ्लको बाटो एक्लै महिला आफ्नो ज्यान जोगाउन आफ्नो लुटिन् लागेको अस्मिता बचाउनका लागि हार गुहार गर्दै हतारिएर आफन्त सम्म   पुग्छिन ।

तर आफअन्तको जवाफ कस्तो आउँछ भने एकचोटिलाइ माफ गरीदेउ ।रक्सी पिएर भनेको थियो, भग्वान रक्सी पिएर जङ्लको बाटोमा आइरहेकी एक्ली नारीलाइ जे पनि गर्न कुन कानुनले छुट दिएको छ ? रक्सी खाएको मान्छे सबै गर्न छुट दिएको छ र ? गाउँका नाइके भलादिमी हरुले प्रहरीप्रसासन समेत बसालेर मलाइ केस मिलाउ भनेर बाध्य पर्नु भयो । म यसमा सन्तुष्टि छैन । म अहिले कसैको पनि नाम सार्बजनीक गर्न चाहन्न । के रक्सी पिएर पैसाको लालच प्रलोभन (घमन्ड)र हैकमबाद देखाएर बलत्कार गर्न खोज्ने लाई कानुनी कार्बाही कान समातेर उठ्बस गर्ने होत ? पत्रकार मित्रहरु यश बिसयमा म लाई सहयोगको खाचो छ । पिडितले न्याय नपाउदा म एकदम दुखी छु । मैले आफान्त बाट सहयोग पनि पाको छैन बरु उल्टै मिलाइदे कान समातेर उठ्बस गर्छ भन्ने जस्ता कुराले गर्दा म आत्माहत्या गर्न बाध्य भको छु । आज मेरो यति ठूलो बेइजती भको छ । म भारतको ब्याङ्लोरमा छु । न त मसित कुनै पत्राकारको नम्बर छ कसै शीत नम्बर छ भने सहयोग गरीदिनुहोला । के मान्छे बलत्कार गरेर मारेपछी मात्र आवाज उठाउने होर ? कति सहनु यतीसम्म्को अन्याय मैले ? सहन गर्न सकिराको छैन । मेरो प्रसनको उत्तर यो होकी जबर्जस्ती बलात्कार गर्न खोज्ने लाई कान समातेर उठबस गर्ने हो र ? मलाइ उत्तर चाहियो कुन बिधानमा लेखेको छ । कृपया पत्रकार मित्रहरु मेरो इन्बोक्समा आएर कुरा गर्ने कस्ट गरीदिनु होला ।”

यसरी पिडितका श्रीमानले गुहार माग्दा समेत बलात्कारीले उन्मुक्ती पाएको छ । अनि खै कसरी बैतडीमा अर्थात अन्तराष्ट्रिय रुपमा हिंसा विरुद्ध आवाज उठाइ राखेका छन् । डिलाशैनी गाउँपालिका वडा नं. ७ धामी गाउँमा रहेको प्रहरी चौकीका चौकी प्रमुख प्रहरी सहायक निरीक्षक जगत बहादुर ऐरले भने आफुले यो घटनामा मिल्नुपर्छ नभनेको गाउँका तिनीहरु आफै हामी मिलेर आएको बताए पछि आफुले बोल्ने कुनै ठाउँ नरहेको जनाए । महिलाले आफु माथी ती पुरुषले करणी गर्ने प्रसास गरेको कुरा सुनाएको तर तिनीहरु आफै पछि बलात्कार होइन गाली गलौच मात्र हो भनेर आए पछि आफुले फेरिपनि भनेको बलात्कार हो भने भन्नुस् भन्दा पिडितका आफ्न्तले होइन गालिगलोच मात्र हो भनेर आफुहरु आपसमा मिलेर आएको भन्दै आफुहरुले मिलापत्र गरेको स्वीकार गरे । गाउँलेहरुका अनुसार त्यो मान्छेको पहिले देखिनै नियत ठिक नभएको जनाएका छन् यस्ता समाजका कलंकलाई कारवाहीका लागि माग समेत गरेका छन् ।

ताजा समाचार