कञ्चनपुर । बैदेशिक रोजगारको् सिलसिलामा कुबेत गएर मृत्युभएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ का वर्ष अन्ताजी ३५ का मान बहादुर गाहा मगरको शव स्वदेश ल्याईदिन सांसद माननिय ज्ञानेन्द्र महतालाई मृतकका परिवारजनले आग्रह गर्नुभएको छ् । केही दिन कुबेदमा अघि मृतु भएका भनिएका मान बहादुर गाहा मगरको मृत्यु भएको खबर पाए संग घरपरिवारमा रुवाबासी चलेको छ् । कञ्चनपुर क्षेत्र नं. ३ का माननिय ज्ञानेन्द्र महताले जनता संग प्रत्यक्ष संवाद, जनगुनासो सुन्न र विकास निर्माण बारे जनता संग छलफल कार्यक्रममा मृतका दाई भिम बहादुर गाहा मगरले भाईको शव स्वदेश ल्याउईदिन सांसदलाई बिन्ती गर्नुभएको छ् ।

शव ल्याउनको लागी सबै संग पहल गरिसकेको भएपनि अझै सम्म भाईको शव घरमा पुग्न नसकेको भिम बहादुर गाहा मगरले बताउनुभएको छ् । बैदेशिक रोजगारको लागी झण्डै २ वर्ष अघि मान बहादुर गाहा मगर कुबेत पसेका थिए । सांसद ज्ञानेन्द्र महताले शव ल्याउन आफुले पहल थालेको बताउनुभएको छ् ।

सांसद महताले मुतक शोक प्रकट गर्दै आफुले यथासक्य चाडो शवलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेको बताउनुभएको छ् ।











