भन्सार छलीगरी ल्याएका अबैध समान बरामद

कञ्चनपुर

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले भन्सारले छली ल्याएको अवैध समान बरामद गरेको छ ।

मंसिर१४ गते विहान ९ बजेको समयमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रिय अनुसन्धान समुह आरआईटी र कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी स्थित सडक छेउमा चिनि, स्टिलको थाल, सिल्भरको डेक्ची, कराई, तावा, लोटा, बोरीङको पाईप बरामद गरेको हो ।

उक्त समानको अन्दाजी मुल्य रु १लाख २० हजार ७ सय बराबरको सरसमान वेवारिसे अवस्थामा फेलापारेको थियो । बरामद गरिएको समान आवश्यक कार्वाहीको लागी गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा समाचार