डडेल्धुरा

नेपाल प्रहरीमा कार्यरत सुरेन्द्र बहादुर ऐरले काल्गती मा पनि डबल सुरक्षा दिने रु ५ लाख बीमङक पोलिसी ०७७ जेठ महिनामा रु २६८८७ बिमा शुल्क (किस्ता) भुक्तानी गरि जीवन बिमा गरेका थिए । बिनित उनको भदौ २० गते ह्दयघात भएर मृत्यु भएको थियो। मृत्तक ऐर नेपाल प्रहरीमा प्रहरी जवानमा कार्यरत थिए।

सानिमा लाईफ इन्स्योरेन्सका कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश प्रसाद उप्रेतीले इन्स्योरेन्स मृत्युदावी कार्यक्रम अन्तर्गत अजयमेरु गाउँपालिका–२ चमडाका मृतक सुरेन्द्रबहादुर ऐरका बुवा रनबहादुर ऐरलाई जीवन बिमा बाफत १० लाख २२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

जीवन बिमा कम्पनिले बिमा गराउनु आफैं मा ठूलो कुरो होइन तर दाबी भुक्तानी कति छिटो र सरल तरिकाले भुक्तानी गर्छ यो महत्वपूर्ण कुरो हो। सानिमा लाइफ इन्स्योरेन्सले ३ दिन भित्र मंगलबार दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्योरेन्समा बिमित स्वर्गीय सुरेन्द्र बहादुर ऐरले नेपालमा भएका जीवन बिमा कम्पनीहरुमध्ये कुनै पनि जीवन बिमा कम्पनी सङ्ग नभयेको कालगती मा पनि डबल सुरक्षा र दुर्घटना मा तिर्बल दिने योजना अन्र्तगत पाएका थिए ।
उक्त कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख उप्रेतीले अभिकर्ता प्रशिक्षण र सानिमा लाइफको बारेमा जानकारी गराएका थिए। उनले गत वर्षको सक्रिय अभिकर्तालाई सम्मान समेत गरेको बताए। सम्मान हुनेमा बरिष्ठ एजेन्सि म्यानेजर रुकुम पन्त, डम्मरु पन्त नवराज भट्ट र हरिप्रभा भट्ट रहेका छन्।
