कञ्चनपुरमा पहिलो पटक फुटबल प्रशिक्षक “एन्फा कम्युनिटी कोर्ष” सुरु

“एन्फा कम्युनिटी कोर्ष” कार्यक्रमको ४ दिनसम्म चल्ने


महेन्द्रनगर: कञ्चनपुर जिल्लामा पहिलो पटक फुटबल प्रशिक्षण प्रशिक्षक तालिम सुरु भएको छ।

जिल्ला फुटबल संघको आयोजना दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा “एन्फा कम्युनिटी कोर्ष–२०२६” सुरु भएको हो।

सोमबार एक कार्यक्रमका बिच होटल न्यू आनन्दको सभा हलमा दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुले उद्घाटन गर्नुभएको जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो। उनका अनुसार उक्त तालिम २०८३ असार १ देखि ४ गतेसम्म महेन्द्रनगरस्थित खुला मञ्च र होटेल न्यू आनन्दको सभाहलमा प्रशिक्षण कार्यक्रम चल्ने छ। बिहानको समयमा पाठ्यक्रममा आधारित र दिउँसो देखि व्यवहारिक सत्रमा आधारित प्रशिक्षण प्रशिक्षक तालिम चल्ने छ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुर लगायतका विभिन्न क्षेत्र बाट इच्छुक ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दका अनुसार जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि वि.सं. २०६०, २०७४ र २०८२ सालमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रमहरू महत्वपूर्ण रहनेछ।

फुटबल प्रशिक्षक प्रशिक्षण तालिमको होटल न्यू आनन्द, सभाहलमा उद्घाटन भएको कार्यक्रमका सभापति कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बु रहनु भएको थियो। उक्त कार्यक्रमको विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य काशिराम बोहरा, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ लगायत कञ्चनपुर जिल्ला फुटबल संघ पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष रमेश चन्दले राख्नु भएको थियो भने संघका महासचिव नितेश रावलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

महेन्द्रनगर कञ्चनपुर जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन हुन लागेको यस प्रशिक्षण कार्यक्रमप्रति खेलप्रेमी तथा खेलाडी प्रशिक्षक सरोकारवालाहरूको विशेष चासो बनेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img