तस्करका अवैध समान सशस्त्र प्रहरीको पञ्जामा

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा साढे ११ करोड बढीको अवैध समान बरामद


कञ्चनपुर : सशस्त्र प्रहरीले सीमावर्ती कञ्चनपुरमा भन्सार राजस्व चोरीछली पैठारीका अवैध समान बरामद गर्दै आएको छ । सीमा सुरक्षा, अपराध राजस्व छली नियन्त्रणको जिम्मेबारी पाएको सशस्त्र प्रहरी बल नेपाल ३५नम्बर शैलेश्वरी गणले साढे एक बर्षको अवधिमा साढे ११ करोड बढीका समान र तस्करीमा प्रयोग भएका सवारी साधन बरामद गरेको हो । तस्करीमा सलग्न भएका साईकल, मोटसाईकल, स्कुटी, जिपकार, टेक्टर समेत बरामद गरेर भन्सार चलान गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ०८२/०८३मा ११ करोड, ७२ लाख, २५ हजार, ३सय ३४ रुपैया बरबरका अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणहेक्वा शैलेश्वरीका गणपति (एसपी) प्रेम प्रकास सिग्देलले भारतबाट भन्सार राजस्व चोरी छलीका समान मात्रै बरामद नभई सशस्त्र प्रहरीले लागु औषध नियन्त्रण, विपद्मा परेका मानिसको उद्दार, सीमा स्तम्भको सरक्षण सहितका विवित समाजिक काम गरेको बताए । उनका अनुसार गत बर्ष सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक, ५० लागु औषध सहितका तस्कर समुह पक्राउ गरिएको बताए । यस विचमा ४१ मानिसको उद्दार, १० शवको खोजी गरिएको थियो ।

सीमा सुुरक्षा एव अपराध नियन्त्रणका लागि समकक्षी भारतीय सीमा सुरक्षा बल(एसएबी)संग समन्वयात्मक बैठकदेखि ५सय पटक संयुक्त गस्ती गरिएका छन । सशस्त्र प्रहरीले एक्लै १३सीमा स्तम्भको मर्मत रंगरोगन, संयुक्त सीमा सर्वे टीमसंग ५२सीमा स्तम्भहरुको मर्मत, ३ नयाँ निर्माण र ४सीमा स्तम्भको पुर्ननिर्माण गरिएको थियो । बेलौरी शुक्लाफाँटा नगरपालिकामा ३८युवाहरुलाई समुदाय विपद् स्वयम सेवि तालिम समेत दिईएको थियो । यसरी सशस्त्र प्रहरीले चोरीतस्करी बिरुद्ध निर्मम भएर कामकाजममा खटिन थालेपछि तस्कर समुहको भागाभाग भएको छ । यस अघि सशस्त्र प्रहरीका अधिकारी सहितसंग नगददेखिका भौतिक सहयोग दिएर लोभ्याएर रातारात अर्बपत्ती बन्ने योजना बनाउँदै आएका तस्कर समुहको अहिले विचल्ली भएको छ । सशस्त्र प्रहरीले गड्डाचौकी, ब्रम्हदेब, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी, पुर्नवास सहितका विभिन्न सीमा नाकाहरुबाट अवैध समान र उक्त समान तस्करीमा प्रयोग भएका सवारी साधन बरामद गरेर भन्सार चलान गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रकास सिग्देलले जिल्लाभरीबाट भारतबाट भित्रिने अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । एसपी सिग्देलले जिल्लाको कमाण्ड सम्हालेपछि बिओपी इन्चार्जहरुलाई चोरीतस्करी नियन्त्रण गर्न स्पष्ट निर्देशन दिदै आएका छन ।

सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेबारी सम्हालेका सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) दिग्गविजयी सुवेदीले मातहतका निकाय, युनियन इन्चार्जहरुलाई सुन्य सहनशिलता अनुरुप सीमा क्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिर्दै आएका छन । डिआईजी सुबेदिले तस्कर समुह सामु लम्पसार, हात फैलाउने नभई तस्करको टाउको डण्डा बजार्नुपर्ने नीति अबलम्बन गरेर चोरी तस्करी नियन्त्रणमा २४सै घण्टा खटिन कडा निर्देशन दिएपछि प्रदेशभरीका सशस्त्र प्रहरी सीमा क्षेत्रमा हाईअलट भएको सशस्त्र प्रहरीको दावि छ । सशस्त्र प्रहरीको साख खस्किनेदेखिका गैर कानूनी जिम्मेबारीबाट नभागि सरकारले दिएको जिम्मेबारी अनुरुप भ्रष्टाचार सुन्य सहनशिलता अनुरुप कामकाजमा जोड दिएका छन । सीमावर्ती क्षेत्रमा खटिने सशस्त्र प्रहरीले बीना स्वार्थ भन्सार राजस्व चोरीछली बिरुद्ध निरन्तर एकनास कामकाज गर्नुपर्नेमा नागरिकले समेत जोडदिएका छन । नागरिकले एकातिर समान समात्ने अर्कातिर तस्करसंग बार्किनिङ्ग नभई बाह्रैमास निरन्तर चोरीतस्करी बिरुद्ध एकनास नीति अबलम्बन गरेर कामकाजमा खटिनुपर्ने सुझाव समेत दिएका छन । अहिले पनि सशस्त्र प्रहरीले दैनिक चोरी तस्करीका लाखौँमा समान बरामद गर्दै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img