बाबाथानका ब्यापारीहरुले भोटेकोशीका बाढी पिडितलाई राहत रकम पठाए


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारका व्यापारीहरुले भोटेकोशीका बाढी पिडितहरुलाई राहत रकम पठाएका छन् । दोधारा चाँदनी– ७ बाबाथान बजारमा तिज महोत्वस सञ्चालन गरेर बाबाथान बजारका ब्यापारीहरुले व्यापारीहरुले भोटेकोशीका बाढी पिडितहरुलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३४ हजार ७० रुपिँया पठाईएको बाबाथान तिज महोत्वसका संयोजक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ् । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षति प्रति दु:ख व्यक्त गर्दै बाबाथान बजारका ब्यापारीहरुले महोत्सवमा राहत रकम संकलन गरेको महोत्सवका संयोजक नरेन्द्र चन्दले बताउनुभयो ।

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर बाबाथान बजारमा दुई दिन तिज महोत्वस सञ्चालन गरि रसुवाको भोटेकोशीका बाढी पिडितहरुलाई राहत संकलन कार्य सञ्चालन गरिएको बाबाथान तिज महोत्वसका संयोजक नरेन्द्र चन्दले बताउनुभयो । संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोवाईल बैकिंङ्ग सेवा मार्फत आजै पठाईएको उहाँले बताउनुभएको छ् । आपत विपद्को समयमा पीडितहरुको घाउमा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले महोत्वस सञ्चालन गरि राहत रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाईएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभयो ।

उहाँले विपद्को समयमा सहयोगको हात बढाउनु सबैको कर्तव्य र उत्तरदायित्व भएको बताउनुहुदै आयोजक संस्था तथा सहयोग गर्ने सम्पूर्णलाई उहाँले धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img