धनगडी : प्रगतिशील लेखक सङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे आयोजनामा प्रलेसकाे ७५ औ स्थापना दिवस तथा हिरक जयन्ती समारोह प्रदेश सरकारका भौतिक पुर्वाधार तथा विकास राज्यमन्त्री माननीय जानकी कुँवरको प्रमुख आतिथ्य तथा सुदूरपश्चिम प्रदेश प्रज्ञाप्रतिष्ठानका कूलपति रामचन्द्र नेपाल को बिशिष्ट आतिथ्यमा सम्पन्न भयेको छ।

कार्यक्रममा तिलक बहादुर सिंह प्यासीकाे हास्यब्यङ्ग्य संग्रह ” स्याल घुम्रा ” तथा खिमानन्द बडुकाे “पचपन्नमा पचपन्न” डाेटेली भाषाको कविता संग्रह गृह विमाेचन,कृति समीक्षा तथा रचनावाचन कार्यक्रम धनगढीमा मिति २०८३/६/४ गते भव्यताकाे साथ सम्पन्न भयो। कार्यक्रममा “स्याल धुम्रा” काे समीक्षा प्रलेस प्रदेश सल्लाहकार ओम प्रकाश पुन र ” पचपन्नमा पचपन्न “कृतिको समीक्षा प्रदेश सल्लाहकार तथा संस्कृतिविदे जगदीश ओझा ले गर्नुभएकाे थियो। दुबै कृतिले समाजको यथार्थ धरातलमा रहेर समाजको विकृति,विसंगतिलाई चिर्दै, देश र राजनीति भित्रका अतिवादी प्रवृत्ति बिरुद्ध व्यङ्ग्यात्मक प्रहार गरेको र समाजलाई प्रगति र नयाँ दिशामा बढ्ने प्रेरित गर्ने कुरा कृति समीक्षकहरू बताउनुभयो। उक्त कार्यक्रममा १७ जना स्रष्टाले प्रगतिशील र व्यङ्ग्यात्मक रचनाहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा समीक्षक द्वयलाई सम्मानपत्र र स्रष्टाहरूलाई प्रमाणपत्र प्रमुख अतिथीद्वारा प्रदान गरिएको थियो ।

प्रलेस प्रदेश अध्यक्ष काेपिला शर्माको अध्यक्षता सम्पन्न कार्यक्रमकाे विशिष्ट प्रलेस केन्द्रीय सदस्य गंगा रिजाल ,कैलाली जनपुस्तकालय अध्यक्ष शिवराज ओझा,अतिथिहरूमा प्रदेश सल्लाहकार तथा निवर्तमान रापस जगदीश ओझा, पूर्व सल्लाहकार लक्ष्मी प्रसाद पाैडेल, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य गणेश नेपाली, जिल्ला सल्लाहकारहरू दिपक ब.सिंह, जयदेव जाेशी दार्चुले,साहित्यकारहरू उर्मिला न्याैपाने,यमराज जाेशी,पवन सुनार, अक्कल विष्ट लगायत हुनुहुन्थाे। उक्त कार्यक्रमकाे सञ्चालन प्रदेश सचिव चन्द्र थापा तथा स्वागत मन्तव्य उपाध्यक्ष गणेश ढकाल र कार्यक्रमबारे उपाध्यक्ष फाल्गुना दाहालले प्रष्ट पार्नुभएकाे थियोे । प्रगतिशील लेखक संघ नेपालको ७५औ स्थापना दिवस मनाउने क्रममा आजै कञ्चनपुर जिल्ला समितिले रचना वाचन कार्यक्रम प्रलेस सुदूरपश्चिम का सह इञ्चार्ज रमेश पन्त मीतबन्धुको प्रमुख आतिथ्यमा सम्पन्न भयेको छ।

धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय जानकी कुँवर तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपतिले सुदूरपश्चिम को साहित्यिक तथा सांस्कृतिक उन्नयनका लागि साहित्यिक संघसंस्थाहरू संग सहकार्य गर्दै अनुसन्धानात्मक बिधागत कार्यक्रमहरूमा जोड दिने कुरा बताउनु भयो। प्रलेस केन्द्रीय सदस्य गंगा रिजालले साहित्यिक बिकासका लागि प्रलेस जनमुखी साहित्य एवम् सास्कृतिक बिकासमा निरन्तर सर्जकहरूको सम्मान गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र यसका सदस्यहरूले साहित्य एवम् कलाका माध्यमले सिर्जनात्मक सोच तथा कार्य गर्न निरन्तर स्वयंसेवीका रूपमा कार्य गर्दै आएको बताउनु भयो ।कार्यक्रमको अन्तमा अध्यक्ष सर्माले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने प्रमुख अतिथि लगायत सबैमा धन्यवाद ब्यक्त गर्दै प्रदेशको मुखपत्र ह्याँक तथा कञ्चनपुरको मुखपत्र अरूणोदय तुरन्तै प्रकाशित हुने भयेकाले रचना उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गर्नु भयेको थियो।










