दोधारा । दोधारा चाँदनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टोल समिति गठन प्रक्रिया सुरु गरेको छ् । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले नगरका विभिन्न वडामा टोल समिति गठन गर्ने अभियान अघि बढाएको हो । टोल समिति गठनको सुरुवात वडा नम्बर ४ बाट गरिएको र पहिलो टोलका रुपमा मरमाल टोलमा समिति गठन गरिएको ाष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् । उहाँका अनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै वडाका विभिन्न टोलमा संगठन विस्तारको कामलाई तीव्रता दिइएको छ् ।

नगर सभापती पुरन कुमालले नगरका सबै वडाका टोलमा समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । पार्टीको संगठनलाई टोल स्तर सम्म विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँको भनाई छ् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी– ४ का वडा सभापती राम शाहीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठन विस्तारमा लाग्न आग्रह गर्नुभएको छ् ।

उहाँले टोल तह सम्म संगठनलाई मजबुत बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।











