कञ्चनपुर
खानेपानीमन्त्री बिना मगरले चुनावमा जनतासग गरिएका प्रतिबद्धता पुरा गर्ने बताएकी छिन । सोमबार लालझाडी गाँउपालिका स्थित ‘शंरकपुर अस्पतालको’ शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मगरले चुनावमा जनतासंग गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएकी हुन । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी खानेपानीमन्त्री मगरले चुनावमा जनतासंग गरेका केही बाचा कार्यान्वयन भईरहेको बताईन । ‘हामीले उतिबेला जनतासामु गरेका केही प्रतिबद्धता पुरा भईरहेका छन, ‘मन्त्री मगरले भनिन, ‘केही अझै बाँकी रहेका छन, तिनीहरुलाई पनि क्रमस गछौँ ।’

मन्त्री मगरले पार्टी पङक्ति र प्रतिपक्षी सहित जनताको साथसर्मथनमा भौतिक पुर्वाधार तर्फका योजनाले गति लिएको बताईन । ‘यस निर्वाचन क्षेत्रमा विकासका आयाम थपिदैछन, ‘उनले भनिन, ‘यो सबैको सहयोग र सर्मथनले काम अघि बढिरहेका छन ।’ मन्त्री मगरले क्षेत्र र प्रदेशकै विकासका लागि संघीय सरकारका तर्फबाट आफुले थुप्रै पहल गरिरहेकोे बताउदै दिगो विकास र सम्बृद्धिका लागि तीनै तहका सरकार उत्तिकै जिम्मेबारी हुनुपर्ने बताईन । मन्त्री मगरले केही योजना जस्तै खानेपानी, सडक, शिक्षा, कृषि, रोजगारी स्वास्थ्य, पुल पुलेसा लगायतले गति लिएको बताउँदै बाँकी योजनाको काम समेत अघि बढाईने बताईन ।

मन्त्री मगरले लालझाडी गाँउपालिका क्षेत्रमा रहेको दोदा नदी कटानी रोकथामका लागि आवश्यक पहल गर्ने बताईन । दोदा नदी पीडितका तर्फबाट लालझाडी गाँउपालिका ३का वडाध्यक्ष टिकाराम चौधरीले बषौँदेखिको दोदा नदी कटानीका कारण उर्बराभूमि क्षयिकरण भईरहेकोे ध्यान केन्दीत गदै अध्यक्ष चौधरीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्री मगरले यस पटक गुह नगर आउँदा निर्वाचन क्षेत्रका योजनाको अनुगमन समेत गर्दै अधुरा र बाँकी योजनाका लागि यथाशिघ्र अघि बढाउनेमा जोडदिईन । जनतालाई विकासकोे आभास हुने तरिकाले काम गर्ने समेत विश्वास दिलाएकी छिन ।

निर्वाचन क्षेत्र अनुगमनका क्रममा मन्त्री मगरसंग जनताले समेत दिगो विकास, सम्बृद्धिका लागि रोजगारीमुलक ठुला योजनाका साथै क्षेत्र नम्बर १को सीमा, कटानी, सडक, खानेपानी, शिक्षा, आरक्षपीडित, भूमिहिन, सुकुमबासी समस्या लगायतका विषयको विकासमा जोडदिएका थिए ।
