माइती नेपाल कञ्चनपुरद्धारा एक दिने लेगल ओरिएण्टेसन

कञ्चनपुर

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड -१९ को बाबजुद पनि नेपाल सरकारको मापदण्डको पालना गर्नुका साथै सामाजिक दुरि कायम गर्दै माइति नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा लेगल ओरिएण्टेसन दिएको छ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै भीमदत्त नगरपालिका वडा नं.१८ का दलित समुदायका किशोरीहरुलाई एक दिने लेगल ओरिएण्टेसन प्रदान गरेको हो। जिल्लाको भी.न.पा. १८ बेचबिखनको उच्च जोखिममा रहेकाले २० जना किशोरी तथा महिलाहरुलाई मानव बेचबिखन, लैङ्गिक हिंसा र कोरोना भाइरस “कोभीड–१९” का बारेमा प्रशिक्षण समेत दिएको माइति नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनु भयो थियो।

 

ताजा समाचार