महेन्द्रनगर: कञ्चनपुर जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३ मा बेल्डाँडी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकाको छैटौँ स्थान हासिल गरेको छ।

बेदकोट नगरपालिका वडा नं. ०६ स्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाको प्राङ्गणमा जेठ १ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा कञ्चनपुर जिल्लाका ९ वटा पालिकामध्ये बेल्डाँडी गाउँपालिकाले पाँच पदक हात पार्दै छैटौँ स्थानमा रहेको बेल्डाँडी गाउँपालिका खेलकुद समिति अध्यक्ष डम्बर सुनारले जानकारी दिएका छन्।

उनका अनुसार, बेल्डाँडी गाउँपालिकाले मार्चपासतर्फ दोस्रो स्थान प्राप्त गरेको छ भने एथलेटिक्सतर्फ लङ जम्पमा दोस्रो, हाई जम्पमा तेस्रो, ट्रिपल जम्पमा तेस्रो तथा १५०० मिटर दौडमा दोस्रो स्थान हासिल गरेको छ।

अध्यक्ष सुनारले बेल्डाँडी गाउँपालिकाले खेलकुद क्षेत्रमा क्रमिक सुधार गर्दै गएको उल्लेख गर्दै खेलाडीहरूको मनोबल उच्च राख्न आगामी दिनमा थप योजना र कार्यक्रम सञ्चालन गरिने बताए। प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिकाअनुसार कृष्णपुर नगरपालिका अग्रस्थानमा रहेको छ भने भीमदत्त नगरपालिका दोस्रो स्थानमा रहेको छ।
यस्तो छ पदक तालिका:







