मेयर लिम्बुको पहलमा बन्द रहेको चाँदनी खानेपानी योजना सुचारु हुदै


कञ्चनपुर । झण्डै १० वर्ष देखि बन्द रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको चाँदनी खानेपानी योजना पुन: सुचारु हुने भएको छ् । झण्डै १० वर्ष देखि बन्द अवस्थामा रहेको दोधारा चाँदनी नगरपालिकाको वडा नंं. २ चाँदनी खानेपानी योजना पुन: सञ्चालनमा ल्याउन लागिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । संघिय सरकारको अनुसार झण्डै ३ करोड रकममा उक्त बन्द रहेको खानेपानी योजनामा सञ्चालनमा ल्याउन लागिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । सेती महाकाली डिलिङ एण्ड कन्ट्रक्सनले यहि अषाढ मसान्तमा निमार्ण कार्य सम्पन्न गर्ने गरि खानेपानी योजनाको जिम्मा लिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको पहलमा चाँदनी खानेपानी योजना पुन: सञ्चालन आउन लागेको वडाध्यक्ष रावलले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ४ वडालाई लक्षित गरि पहिलो चरणको योजना अघि बढाईएको उहाँको भनाई छ् ।

३२ किलोमिटरमा मुल पाईप बिछ्याउने, धाराको पाईप जडान गर्ने लगाएत कार्य अघि बढाईएको निमार्ण कम्पनी सेती महाकाली डिलिङ एण्ड कन्ट्रक्सन महेन्द्रनगरले जनाएको छ् । स्वच्छ खाने पानीको समस्या खेप्दै आएका स्थानिबासीहरुलाई खानेपानी योजना पुन: सुचारु थाले संगै उनिहरुमा खुशियाली छाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img