कञ्चनपुर । निड्सले कञ्चनपुरको ३ वटा बिद्यालयमा स्वच्छ खानेपानीको लागी वायोसेन्ड फिल्टर जडान कार्य सुरु गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकोको गणेश अधारभुत बिद्यालय, भिमदत्त नगरपालिकाको सिद्धनाथ माध्यमिक बिद्यालय र बेलडाँडीको गणेश माध्यमिक बिद्यालयमा स्वच्छ खानेपानीको लागी वायोसेन्ड फिल्टर जडान कार्य सुरु गरेको निड्स नेपाल कञ्चनपुरका सहजकर्ता दुर्गा बडुवालले जानकारी दिनुभएको छ् । निड्स नेपालको स्कोपआरथ्री परियोजना अन्तर्गत कञ्चनपुरको ३ वटा बिद्यालयमा उक्त स्वच्छ खानेपानीको लागी वायोसेन्ड फिल्टर जडान कार्य सुरु गरेको सहजकर्ता दुर्गा बडुवालले बताउनुभयो ।


दोधारा चाँदनी नगरपालिका– ३ मा रहेको गणेश आधारभुत बिद्यालय, भिमदत्त नगरपालिका– १३ मा रहेको सिद्धनाथ माध्यमिक बिद्यालय र बेलडाँडी गाँउपालिका– ५ मा रहेको गणेश माध्यमिक बिद्यालयमा झण्डै १ लाख ४० हजार बराबरको स्वच्छ खानेपानीको लागी वायोसेन्ड फिल्टर जडान कार्य सुरु गरिएको सहजकर्ता दुर्गा बडुवालले बताउनुभएको छ् । निड्स नेपाल स्कोपआरथ्री परियोजनाको सहयोग र पालिकाको सहकार्यमा कञ्चनपुरका ३ वटा बिद्यालयमा उक्त वायोसेन्ड फिल्टर जडान कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

बिद्यालयमा खाने पानीको अभाव संगै कतिपय बिद्यालयको खानेपानीमा आर्सेनिकको मात्रा देखा परेको कारण उक्त बिद्यालयहरुमा स्वच्छ खानेपानीको लागी वायोसेन्ड फिल्टर जडान कार्य थालिएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् ।







