लागु औषध दुरुपयोग तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम


कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लागु औषध दुरुपयोग तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको कार्यक्रम तथा योजना तथा वैष्णवी मिडिया प्रालिको आयोजनामा महाकाली आदर्श माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई एक दिने लागु औषध दुरुपयोग तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले जानकारी दिनुभएको छ् । कार्यक्रम लागु औषध दुरुपयोग तथा दुव्र्यसन सम्बन्धी कानुनी कार्वाही, दण्ड, जरिवाना लगाएत विषयमा बिद्यार्थीहरुलाई सचेतना एवं जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा लागु औषध दुरुपयोग तथा दुव्र्यसन बढ्दै गएको अवस्थामा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको योजना तथा कार्यक्रम अनुसार बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम अघि बढाईएको महासंघका अध्यक्ष अमिर तिरुवाले बताउनुभएको छ् । लागू औषधको दुरुपयोग, सामाजिक अपराध, मानसिक असर, लागु औषध सम्बन्धी, नीति, कानुन लगायत विषयमा जानकारी गराईएको उहाँले बताउनुभयो । कार्यक्रमका सहभागी बिद्यार्थी सरिता भट्टले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा लागुऔषध प्रयोगको संख्या बिगतका भन्दा ब्याप्त भएको बताउदै यस्ता सचेतनामुलक कार्यक्रमबाट न्युनिकरण गर्न सकिने बताउनुभएको छ् ।

कार्यक्रममा सिकेका ज्ञानहरुलाई गाँउ, समाज, समुदाय, साथी भाईलाई प्रचारप्रसार गरी सम्भावित दुर्घटनाबाट बच्न सकिने बिद्यार्थी सरिता भट्टले बताउनुभयो । लागु औषध दुव्र्यसनी बढ्दो अवस्थामा रहेको र यसलाई न्यूनीकरण तथा रोकथाम गर्ने माध्यम शैक्षिक वर्गबाट हुनसक्ने भएकाले विद्यालय स्तरमा प्रशिक्षणलाई निरन्तरता दिदै आउनु पर्ने बिद्यार्थी सरिताको भनाई रहेको छ् ।

किशोर किशोरीहरुमा लागु औषधको प्रयोग तथा सेवन, कौतुहलता, लहैलहैमा लागेर दुव्र्यसन गर्ने लगाएत समस्या भएकाले यसलाई न्यूनीकरण गर्नका लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न समयमा विद्यालय, क्याम्पस तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img