उत्थानशिल युवा संजालद्धारा चाँदनी खेल मैदानमा सरसफाई तथा जनचेतना


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा उत्थानशिल युवा सञ्जालले सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ चाँदनी खेलमैदानमा उत्थानशिल युवा सञ्जालको आयोजना तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, वडा कार्यालयको सहयोगमा सरफाई कार्यक्रम सम्पन्न गरिएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले जानकारी दिनुभएको छ् । खेल मैदानमा लागुऔषध प्रयोगकर्ताहरुले खेल मैदानलाई दुर्गन्धीत बनाउदै गएको कारण युवा सञ्जालको आयोजना तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, वडा कार्यालयको सहयोगमा सरफाई कार्यक्रम सम्पन्न गरिएको संयोजक दुर्गा बडुवालले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको खेलाडी उत्पादन गर्ने मैदानमा गाँजाको बोट, मदिका बोतलहरुलाई नष्ट गर्ने कार्य गरिएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । नगर क्षेत्रमा सरसफाई लगाएत बिभिन्न जनचेतनामुलुक कार्य गर्दै आएको उत्थानशिल युवा सञ्जालले आगामी दिनहरु यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदै आउने उहाँले बताउनुभयो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले उत्थानशिल युवा सञ्जालले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै युवाहरुले नगर क्षेत्रमा बिभिन्न समयमा आएको विपद्को बेला समेत अहम भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

चाँदनी खेल मैदानमा बिभिन्न स्थानिय, प्रदेश स्तरिय तथा राष्ट्रिय स्तरको खेल सञ्चालन हुने हुदा खेल मैदानलाई सफा सुग्घर राख्नु सबैको दायित्व रहेको बताउनुभएको छ् । विपद, जलवायु परिवर्तन अनुकुलन, वातावरण संरक्षण, वृक्षारोपाण प्रकोप न्युनिकरणको क्षेत्रमा पनि यो संजालले काम गर्दै आएको वडाध्यक्ष रावलले बताउनुभयो अहिले भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा यो संजाल गठन छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img