किसान बहुउद्देश्यीय सहकारी दोधारा चाँदनीद्वारा मृतक परिवारमा सहयोग


पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको भिमदत्त नगरपालिका– ११ मा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मृतक परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरेको छ् । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखा अन्तर्गत समुहकी मिना कुमार दर्लामीका श्रीमान तुलाराम दर्लामीको निधनपछि संस्थाले सदस्य सुरक्षण कोषबाट रु. ४ लाख ५८ हजार ८ सय ३३ रुपिँया उपलब्ध गराएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुक्लाफाटा ईलाका प्रमुख जयशंकर न्यौपानेले जानकारी दिनुभएको छ् । सुक्रवार संस्थाले मृतक परिवारको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्यौपानेले बताउनुभयो । सोही अवसरमा संस्थाले दिवंगत सदस्य प्रति श्रद्धाञ्जली सभा समेत आयोजना गरेको उहाँले बताउनुभएको छ् । सडक दुर्घटनामा केही दिन अघि तुलाराम दर्लामीको निधन भएको थियो ।

संस्थामा आवद्ध भएका सदस्यहरुलाई सदस्य सुरक्षण कोष मार्फत संस्थाले विभिन्न सेवाहरु दिदै आएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्यौपानेले बताउनुभयो । संस्थाको जन्म देखि मृत्यु सम्म आफ्ना सदस्यहरुको लागी बिभिन्न खाले योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी भिमदत्त नगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रकाश थापाले तुलाराम दर्लामी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपत्तिको समयमा संस्थाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । किसान बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायीत्व वहन गर्दै सहकारीताको माध्यमबाट आफ्ना हरेक सदस्यको आयस्तर बृद्धिको साथै सदस्यको संरक्षण योजना स्वागतयोग्य रहेको वडाध्यक्ष प्रकाश थापाले बताउनुभएको छ् ।

स्वर्गीय तुलाराम दर्लामी प्रति श्रदाञ्जली अर्पण गर्दै स्वर्गीय दर्लामीको नाममा उनका परिवारलाई एउटा लिचीको बोट पनि हस्तान्तरण गरिएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीले जनाएको छ् । रकम हस्तान्तरण तथा श्रंदान्जली सभा कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रकाश थापा, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखाका शाखा प्रमुख लोकेन्द्र गौतम, शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्यौपाने, मृतक परिवार तथा समुहका सदस्य तथा स्थानियबासीहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img