अनुदानमा उन्नत जातका धानको बिउ वितरण गर्दै दोधारा चाँदनी नगरपालिका


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अनुदानमा किसानहरुलाई उन्नत जातका धानको बिउ बितरण कार्य सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिका कृषी बिकास शाखाले नगर क्षेत्रको बिसानहरुलाई उन्नतजातका धान बितरण बितरण सुरु गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिनुभएको छ् । बिगतका दिनहरुमा सिमावर्ती भारतिय बजारमा बिउ खरिदमा आश्रित किसानहरुले अहिले आएर धानको बिउ खरिद गर्न दोधारा चाँदनी नगरपालिकाको कृषी बिसका शाखा कार्यालयमा धाउन थालेको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्टले बताउनुभएको छ् ।

कृषी शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा राधा– ४, सावा मन्सुली, बहुगुणी– २, हल्दीनाथ लगाएत धानका बिभिन्न जातका किसानहरुलाई बिउ बितरण सुरु गरिएको कृषी बिकास शाखा प्रमुख कमलापती भट्टले बताउनुभयो । नगर क्षेत्रमा झण्डै २४ सय हेक्टरमा किसानहरुले धानको खेती गर्दै आएको उहाँले बताउनुभएको छ् । बिगतका सिमावर्ती भारतिय बजारबाट खरिद गरेको धानको बिउले उत्पादनमा कमी आउने, चर्को दरमा किसानहरुले बिउ खरिद गर्दै आएको दोधारा चाँदनीका एक किसान हरिभान बोहराले बताउनुभयो ।

कृषी बिकास शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा बिक्री गर्दै आएको बिउ उन्नतजातको रहेको हुदा उत्पादनमा राम्रो हुने किसान हरिभान बोहराले बताउनुभयो । महाकाली नदीमा ४ लेनको पक्की पुल निमार्ण संगै किसानहरुलाई नेपाली बजारमा खरिद, बिक्री गर्न सहजता भएको उहाँले बताउनुभएको छ् ।

उत्पादनलाई बैज्ञानिकरण गर्न बेला बखत किसानहरुलाई बिभिन्न प्रकारका कृषी औजार तथा बिउ बिजन बितरण कार्य समेत अघि बढाउदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी बिकास शाखा कार्यालयले जनाएको छ् ।


ताजा समाचार

spot_img