दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुलाई आक्रमण तथा अभद्र व्यवहार भएको बिषयलाई लिएर अहिले चौतर्फी बिरोध भएको छ् । गएको १८ गते दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा टिप्परले ठक्कर दिएर १५ वर्षिय निर्दोष वालक दिवस चुनाराले ज्यान गुमाउनु साथै सोही घट्नामा २२ वर्षिय नरेश लुहार गम्भिर घाईते भएका हुन । घट्ना पछि पिडित परिवारलाई भेटघाट तथा समबेदना प्रकट गर्न घट्नास्थलमा पुग्नुभएका दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु माथी केही अराजक ब्यक्तीहरुद्धारा आक्रमण तथा अभद्र व्यवहार गरिएको बिषयलाई सामाजिक सञ्जालमा चौतर्फी बिरोध गर्दै दोषी जोकोही भएपनि कार्वाहीको दायारामा ल्याउनु पर्ने माँग उठ्न थालेको छ् ।

यसै बिच अनाहकमा नगर प्रमुख किशोर कुमार लिम्बु माथी गरिएको आक्रमणको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिका कार्यालयले घट्नाको मृतक वालक प्रति हार्दिक श्रंद्धान्जली सहित मृतक परिवारजनमा सम्बेदना ब्यक्त गर्दै घाईते वालकको सिघ्र स्वास्थ्य लाभको कामना सहित नगर प्रमुख किशोर कुमार लिम्बु माथी गरिएको आक्रमणको घोर निन्दा गरेको छ् । कार्यपालिका बैठकले घट्नामा संलग्न ब्यक्तीहरुलाई कानुनी दायारामा ल्याउन किटानी जाहेरीको तयारी सुरु गरेको छ् ।

यता नेकपा एमाले दोधारा चाँदनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै घट्ना प्रति समबेदना प्रकट गर्दै उक्त दुखद घट्नालाई बहाना बनाई नगर प्रमुख माथी गरिएको अमर्यादित र असभ्य गतिबिधीहरु कुनै पनि द्धष्टिकोणबाट स्विकार्य हुन नसक्ने र सामाजिक सदभाव र शान्ती खलबलाउने तथा गलत नजिर स्थापित कार्य हुने ठहर गर्दै दोषी उपर आवश्यक छानबिन सहित कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायमा आग्रह गरेको छ् ।







