कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा विषालु सर्पको टोकाईबाट बचाउन सर्पदंश सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न भएको छ् । नगर क्षेत्रमा कोभरा र करेत लगाएत विषालु सर्पदंशका बिरामी निरन्तर बढिरहने र समयमानै उपचार नपाएर बिरामीको मृत्यु समेत हुन थालेको बताउदै विषालु सर्पदंशबाट बच्नको लागी सचेतनामुलक तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगर अस्पतालका डाक्टर हरिओंम केशरीले जानकारी दिनुभएको छ् । नगर अस्तालमा कार्यरत स्वास्थ्यकर्मी, जनप्रतिनिधीहरु लागी तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगर अस्पतालका डा. हरिओंम केशरीले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगर अस्पतालको आयोजनामा एक दिने विषालु सर्पको टोकाईबाट बचाउन सर्पदंश सम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको डाक्टर हरिओंम केशरीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका विषालु सर्पको जोखिम क्षेत्र रहेको र बर्सेनि गर्मी मौसममा विषालु सर्पको बिगबिगी हुने गरेको तालिममा बताईएको छ् । नागरिक संग प्रत्यक्ष जोडिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधीलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको डाक्टर केशरीले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले सर्पको टोकाईका बिरामीको उपचार गर्न नगर अस्पतालमा आवश्यक औषधी र चिकित्सकको व्यवस्था गरेको उहाँको भनाई छ् । सर्पले टोकिहालेमा छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गराईहाल्न बताईएको छ् ।

तालिममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष, दोधारा चाँदनी नगर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागीता रहेको थियो ।






