मेयर लिम्बु माथी गरिएको अभद्र व्यवहार प्रति दोधारा चाँदनी नगरपालिकाद्धारा कार्वाहीको माँग


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई अभद्र व्यवहार गरिएको भन्दै दोधारा चाँदनी नगरपालिका कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गर्दै अराजक ब्यक्तीहरुलाई कार्वाहीको माँग गरेको छ् । गएको १९ गते दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा टिप्परले ठक्कर दिएर १५ वर्षिय निर्दोष वालक दिवस चुनाराले ज्यान गुमाउनु परेको दुखत घट्ना प्रति समबेदना प्रकट गर्दै सोही घट्नामा घाईते २२ वर्षिय नरेश लुहारको सिघ्र स्वास्थ्य लाभको कामना सहित दोषीलाई एथासिघ्र कार्वाही र पिडित परिजनलाई उचित क्षतीपुर्तीको माँग गरिएको छ् ।

घट्ना पछि पिडित परिवारलाई भेटघाट तथा समबेदना प्रकट गर्न घट्नास्थलमा पुग्नुभएका दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु माथी केही अराजक ब्यक्तीहरुद्धारा गरिएको अभद्र व्यवहार प्रति दोधारा चाँदनी नगरपालिका कार्यालय गम्भिर ध्यान आकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ् । उक्त दुखद घट्नालाई बहाना बनाई जनप्रतिनिधी माथी गरिएको अमर्यादित र असभ्य गतिबिधीहरु कुनै पनि द्धष्टिकोणबाट स्विकार्य हुन नसक्ने र सामाजिक सदभाव र शान्ती खलबलाउने तथा गलत नजिर स्थापित कार्य हुने ठहर गर्दै दोषी उपर आवश्यक छानबिन सहित कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायामा जोडदार माँग गरिएको प्रकाशित बिज्ञप्तीमा भनिएको छ् । यस्तै नेकपा एमाले दोधारा चाँदनीले समेत वालक दिवस चुनाराले ज्यान गएको बिषयमा दुखत घट्ना प्रति समबेदना प्रकट गरेको छ् ।


ताजा समाचार

spot_img