दोधारा चाँदनीको अम्बिका माबिमा यसरी मनाईदै छन् नयाँ वर्षमा बिशेष सांगेतिक कार्यक्रम


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा नयाँ वर्ष २०८३ को पावन अवसर पारेर विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ् । कालिका हाट बजार व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम सोमवार साँझ ७ बजेबाट कार्यक्रम सुरु हुने जनाइएको छ् । कार्यक्रम अम्बिका माध्यमिक बिद्यालयको खुला मैदानमा आयोजना गरिने बताईएको छ् । स्थानीय कलाकार र भारतिय कलाकारको बेजोड विशेष प्रस्तुति रहनेछ् ।

कार्यक्रममा नृत्य, गायनको प्रस्तुती रहने आयोजक संस्था कालिका हाट बजार व्यवस्थापन समिति दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको अम्बिका माध्यमिक बिद्यालयमा प्रत्येक वर्ष स्थानिय शिक्षक यसवन्त खड्को बिशेष योजनामा नयाँ वर्षको अवसरमा सास्कृतीक कार्यक्रम सञ्चालन हुदै आएको छ् । कार्यक्रममा प्रवेश नि:शुल्क गरिएको छ् ।


ताजा समाचार

spot_img