कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा हुने समस्या रोक्न स्थानियबासी, जनप्रतिनिधी एकजुट भएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग सिमा जोडिएको वडाहरुमा सशस्त्र प्रहरी वल नेपालले वडाध्यक्षको अध्यक्षमा सिमा सहजीकरण समिति गठन गरेको हो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कञ्चनभोजमा सशस्त्र प्रहरी नेपाल बिओपी कञ्चनभोजमा बसेको एक बैठकमा सिमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, अवैध व्यापार रोक्न सहकार्य गरेर जाने भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

सशस्त्र प्रहरी वल नेपाल बिओपी कञ्चनभोजमा बसेको बैठकमा सिमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, अवैध व्यापार रोक्न सशस्त्र प्रहरी संग सहकार्य गर्ने निर्णय गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको झण्डै २३ किलोमिटर खुला सिमा क्षेत्र रहेको हुदा सशस्त्र प्रहरीले सिमा क्षेत्र संग जोडिएको वडाहरुमा वडाध्यक्षको अध्यक्षतामा सिमा सहजीकरण समिति गठन गरि सिमानामा हुने समस्या हल गर्दै आएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

सिमा क्षेत्रमा हुन थिचोमिचो, चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, अवैध व्यापार रोक्न सिमा सहजीकरण समिति सहकार्य गरि समस्या हल गर्दै आएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने सशस्त्र प्रहरी वल नेपाल बिओपी कञ्चनभोजका प्रहरी निरिक्षक केशव गोयलाले बताउनुभयो ।

सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा विभिन्न सरोकारवाला निकाय संग छलफल गरेको गर्दै आएको उहाँको भनाई छ् ।






