महेन्द्रनगर: सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला स्थित महाकाली प्रादेशिक अस्पतालले आफ्नो सेवा समय परिमार्जन गरेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ चैत्र २२ गते को निर्णयअनुसार अस्पतालले आकस्मिक र २४ घण्टे सेवा बाहेकका अन्य सेवाहरू शनिबार र आइतबार बन्द रहने जनाएको छ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार ओपीडी (OPD) सेवा भने सोमबारदेखि शुक्रबारसम्म नयाँ समय तालिकाअनुसार सञ्चालन गरिनेछ। सेवाग्राहीहरूको सुविधा र व्यवस्थापनलाई ध्यानमा राख्दै समय तालिका परिमार्जन गरिएको अस्पतालले जनाएको छ।

नयाँ सेवा समय तालिका:

Morning Conference: बिहान ८:०० देखि ९:३० बजेसम्म
पहिलो चरणको टोकन वितरण: बिहान ९:३० देखि १२:०० बजेसम्म
पहिलो चरण ओपीडी जाँच: बिहान ८:०० देखि दिउँसो १२:३० बजेसम्म
ब्रेक समय: दिउँसो १:०० देखि २:०० बजेसम्म
दोस्रो चरण टोकन वितरण: दिउँसो २:०० देखि २:३० बजेसम्म
दोस्रो चरण ओपीडी जाँच: दिउँसो २:०० देखि ३:०० बजेसम्म
ओपीडी बिरामी चेकजाँच: बिहान ९:३० देखि दिउँसो १:००
बजेसम्म तथा दिउँसो २:०० देखि ५:०० बजेसम्म
EHS (Extended Health Service): दिउँसो ३:०० बजेपछि
अस्पतालका निर्देशक डा. जगदीश जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ। नयाँ व्यवस्था अनुसार सेवा लिन आउने सेवाग्राहीहरूलाई समय तालिका अनुसार उपस्थित हुन अस्पतालले आग्रह गरेको छ।






