दोधारा चाँदनीमा ‘उपमेयर कप’ महिला भलिबल प्रतियोगिता सञ्चालन हुने


दोधारा । दोधारा चाँदनी नगरपालिकामा माबि स्तरिय उपमेयर महिला भलिवल कप प्रतियोगिता सञ्चालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा माबि स्तरिय उपमेयर महिला भलिवल कप प्रतियोगिता आउदो ३० गते सञ्चालन हुने भएको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका खेल संयोजक रमेश चन्दले जानकारी दिनुभएको छ् ।

महिलाहरुलाई खेलमा आर्षण गर्न माबि स्तरिय उपमेयर महिला भलिवल कप प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगर क्षेत्रमा रहेका संस्थागत तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने बताईएको छ् । प्रतियोगितालाई भब्य–सभ्य बनाउन तयारी सुरु गरिएको छ् ।

प्रतियोगितामा बिजयता तथा उपबिजयता टिमलाई नगद धनरासी र पुरुस्कारको ब्यवस्था गरिएको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका खेल संयोजक रमेश चन्दले बताउनुभएको छ् ।


ताजा समाचार

spot_img