कञ्चनपुर: सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको बोर्ड सदस्यमा काशिराम बोहरा नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव एवं लालझाडी युवा क्लब–११ का अध्यक्ष काशीराम बोहरा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त हुनुभएको हो।

बोहराको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्र, विशेषगरी फुटबल विकासमा नयाँ ऊर्जा र प्रभावकारी नेतृत्व मिल्ने अपेक्षा गरिएको छ।

लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएका बोहराको अनुभव र योगदानले प्रदेशको खेलकुद गतिविधिलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। उहाँको सफल कार्यकालको कामना गर्दै विभिन्न व्यक्तित्व तथा संघ–संस्थाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।






