महेन्द्रनगर: नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा “सञ्चार माध्यमको अवस्था, चुनौती र सरोकारवालाको भुमिका“ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सोमबार “मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार ः श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार“ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा शाखा कार्यालय कञ्चनपुरले “सञ्चार माध्यमको अवस्था, चुनौती र सरोकारवालाको भुमिका“ बारे अन्तरक्रिया कार्यक्रम गर्दै कार्यक्रमको आयोजना गरेको सचिव कुन्दन पाण्डेयले बताउनु भयो।

सञ्चार माध्यमको अवस्था, चुनौतीको बारेमा पत्रकारिता क्षेत्रमा खेप्नुपरेको समस्या आ–आफ्नो क्षेत्रका समस्याहरु सबैले राख्नु भएको थियो। जसमा देखा परेका चुनौती संगै बारेमा समेत बृहत छलफल गरिएको थियो। शाखाका अध्यक्ष सुरेश धामीको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य हरि जोशी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य श्याम भट्ट नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष बिष्णु अवस्थी, निवर्तमान सचिव राजेन्द्र प्रसाद अवस्थी राष्ट्रिय समाचार समिती कञ्चनपुरका कार्यालय प्रमुख शेर बहादुर सिंह लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।







