कृषि आधुनिकीकरण र किसान समस्याबारे मन्त्री चौधरीसँग सांसद महताको भेट!


महेन्द्रनगर: कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीसँग कञ्चनपुर क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महताले भेटघाट गरी देशको कृषि क्षेत्रका समसामयिक विषयमा छलफल गरेका छन्।

भेटका क्रममा सांसद महताले कृषि क्षेत्रको आधुनिकीकरण, किसानहरूको जीवनस्तर सुधार, पशुपन्छी पालनको प्रवर्द्धन तथा वन–वातावरण संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाएको र उनले विशेष गरी ग्रामीण क्षेत्रमा रहेका किसानहरूले भोग्दै आएका समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको बताए।

साथै, आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुरका किसानहरूले सामना गरिरहेका विभिन्न चुनौतीहरूबारे पनि मन्त्री चौधरीलाई मन्त्रालयमै पुगेर जानकारी गराएको उनले बताए भयो। किसानमैत्री योजना, सहज अनुदान व्यवस्था तथा उत्पादनमुखी कार्यक्रममार्फत कृषि क्षेत्रलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिएका थिए। मन्त्री चौधरीले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ।


ताजा समाचार

spot_img