च्यात्तिएको त्रिपाल मुनि दोधारा चाँदनीका बादी परिवार


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बादी परिवारलाई वर्षा र हावाहुरीको कारण ठुलो समस्या झेल्दै आएका छन् । च्यात्तीएको त्रिपालमा बस्दै आएको बादी घरपरिवारलाई वर्षा र हावाहुरीको कारण छाप्रो चुहिने भएर निकै सकस हुदै आएको छ् । सरकारले गरिवहरुका लागि विपन्न आवास कार्यक्रम ल्याएपनि दोधारा चाँदनीका बडुवाल टोलका बादी घरपरिवारलाई भने आवास कार्यक्रमले छोएको छैन् । पुर्खोली पेशा मादल बनाउने, नाचगान गरि गुजारा चलाउने बडबाल टोलका बादी समुदायलाई सरकारले आवास कार्यक्रम अन्तर्गत समेट्न नसकेको हो । बादी टोलका सिता बादीले केही वर्ष अघि गैरसरकारी संस्थाबाट प्राप्त त्रिपाल घाम, पानीले च्यात्तीएर काम नलाग्ने भएको बताउनुभयो । कच्ची घरमा छाएको त्रिपाल च्यात्तीएको कारण वर्षाको पानीले रातीको समयमा सुत्न समस्या पर्दै आएको सिता बादीले बताउनुभएको छ् ।

घर निमार्णको लागी सबै ठाँउमा माँग गरेपनि आश्वास बाहेक केही नपाएको सिता बादीले बताउनुभयो । ५ वर्ष देखि आफुहरु कच्ची घरमा त्रिपाल छाएर बास बस्न बाध्य भएको उहाँले बताउनुभएको छ् । वर्षाको कारण घरमा पानी चुहिएर रातभरी स–साना नानीहरु सित सुत्न समेत नपाएको पिडा सिता बादीले पोखेका छन् । केही बर्ष अघि आफ्ना र अर्काका पिडादाय गीतको भाका गाउदै खाद्यान्न र रकम संकलन गरिरहेका दोधारा चाँदनीका बादी समुदायहरु नयाँ जीवन जिउने रणनीतिका लागि अहिले पनि संघर्षरत छन् ।

बादी समुदाय पुरानो पेशाबाट मुक्ती पाएर नयाँ जीवन निर्वाह गर्न चाहेको उनिहरु बताउछन् । स्थानिय सरकारले कच्ची छानालाई विस्तापित गर्ने योजना बनाएपनि बडवाल टोलका बादी घरपरिवार अझै त्रिपाल मुनि रात काट्न बाध्य छन् । बडवाल टोलमा १२ घरधुरीमा झण्डै ६० बढी बादीहरु प्रिवारहरु बसोबास गर्दै आएका छन् ।

पुर्खौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाडेर भारतको बिभिन्न स्थानमा गएर ज्यालामजुरी गर्न बाध्य छन् ।

 


ताजा समाचार

spot_img