महेन्द्रनगर: एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूले संयुक्त रूपमा विरोध र्याली निकालेका छन्।

शनिबार देशभर पक्राउको विरोध गर्दै रमेश लेखकको गृह जिल्ला कञ्चनपुरमा संयुक्त र्याली निकाल्दै दुवै दलका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउप्रति आपत्ति जनाएका थिए। प्रदर्शनकारीहरूले राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।

र्याली महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। लोकतान्त्रिक मूल्य–मान्यता विपरीत गतिविधि भएको भन्दै सरकारको कदमको आलोचना समेत गरेका छन्। स्थानीय प्रशासनले सुरक्षा व्यवस्था भने कडा पारेको थियो।

जेन-जि आन्दोलन पश्चात् अन्तरिम सरकार गठन भए संगै २०८२ फागुन २१ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउदै चैत्र १३ गते नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै देशभर दलगत विरोध प्रदर्शन हुन थालेको छ।







