महाकाली प्रादेशिक अस्पताल परिसरमा बृहत् सरसफाइ


कञ्चनपुर: महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

भीमदत्त नगरपालिका–१८ मा रहेको उक्त अस्पतालमा शनिबार “हाम्रो एकता हाम्रो बल” संस्थाको आयोजनामा तथा महाकाली प्रादेशिक अस्पतालको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा अस्पताल व्यवस्थापन कार्यसमिति, अस्पतालका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल आर्मी, नेपाल प्रहरी (सामुदायिक प्रहरी महेन्द्रनगर), नागरिक समाज, समाजसेवी युवा तथा भीमदत्त नगरपालिकाको सहभागिता रहेको थियो। सहभागीहरूले अस्पताल परिसरलाई विशेष प्राथमिकतामा राख्दै बिहानको समयमा सरसफाइ गरेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै “हाम्रो एकता हाम्रो बल” का अध्यक्ष नितेश रावलले समाजप्रति उत्तरदायी हुँदै यस्ता सामाजिक सेवामूलक गतिविधिहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले समाज परिवर्तनका लागि युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे।त्यसैगरी, महाकाली प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष महेश प्रसाद पन्तले कार्यक्रमको सराहना गर्दै सहभागी सम्पूर्ण संघ–संस्था र व्यक्तिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।उनले, सबैको सहकार्य र युवाहरूको सक्रिय सहभागिताले समाज परिवर्तन सम्भव हुने उल्लेख गर्दै यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। सरसफाइसँगै अस्पतालका केही स्थानमा सौन्दर्यकरणका लागि गमलामा फूलहरू समेत रोप्ने कार्यक्रम भएको थियो।


ताजा समाचार

spot_img