दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा धार्मिक सेवा समितिको आयोजनामा बिभिन्न धार्मिक कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा धार्मिक सेवा समितिको आयोजनामा बुधवार र विहिवार कलशयात्रा, मुर्ती स्थापना, भजव कृतन तथा अष्टमी पुजन भब्यताको साथ सम्पन्न गरिएको कालिका मन्दिर समिति दोधारा चाँदनीका अध्यक्ष बिर बहादुर सुनारले बताउनुभएको छ् । धार्मिक एकता, कालिका मन्दिर स्थलको संरक्षण तथा प्रबद्र्धनका लागि पहिलो पटक भब्यतको साथ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियाकवरबाट सुरु गरिएको कलश यात्रा निराहार बसेका महिला ब्रतालुहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज क्षेत्र परिक्रमा गर्दै कालिका मन्दिर पुगेको थियो । कलश यात्रामा सभाागीहरुलाई स्थानियहरुले फुल माला, जुस, पानी, सर्वत र अबिरले गाँउ टोलमा स्वागत गरेको कालिका मन्दिर समिति दोधारा चाँदनीका अध्यक्ष बिर बहादुर सुनारले बताउनुभयो । भजन–कीर्तन जस्ता धार्मिक कार्यक्रमले समाजलाई थप सकारात्मक दिशातर्फ लैजाने उहाँको भनाई छ् ।

स्थानीय धार्मिक आस्था, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले गाँउ, बस्तीमा आध्यात्मिक वातावरण अझ सुदृढ बनाउने विश्वास गरिएको छ् ।

विशेषगरी पछिल्लो समय युवापुस्तामा धार्मिक तथा सांस्कृतिक गतिविधी प्रति बढ्दो आकर्षण देखिदै गएको सन्दर्भमा यस कार्यक्रमले नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ् ।






