दोधारा चाँदनीमा हात धुने तरिका सिकाउदै निड्स नेपाल

दोधारा 

केही दिन देखी निड्स नेपाल कञ्चनपुरले माहाकाली नगरपालिका क्षेत्रमा स्थानियहरुलाई हातधुने तरिका सिकाउदै छ । माहाकाली नगरपालिका सबै वडाको प्राय : ग्रामिण बस्तीमा स्थानियहरुलाई हातधुने तरिका सिकाउदै आएको हो । निड्स नेपाल कञ्चनपुरको आयोजना र युनिसेफको सहयोगमा झण्डै एक साता देखी माहाकाली नगरपालिकाका बिभिन्न वडामा पुगी निड्स नेपालले स्थानियहरुलाई हातधुने तरिका सिकाउदै आएको निड्सका प्रतिनिधी शुनिल सेठ्ठीले जानकारी दिएका छन् ।

सामुदायिक सरसफाई स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्तर्गत माहाकाली नगरपालिकाका सबै वडाका प्राय : ग्रामिण बस्तीहरुलाई लक्षित गरि कार्यक्रम अघि बढाईएको हो । माहाकाली नगरपालिकाको वडा नं. ३, ४, ५, ७, ८, ९ र १० वडाहरुमा कार्यक्रम संचालन भईरहेको बताईएको छ् ।

माहाकाली नगरपालिकाका विभिन्न वडा र समुदायमा सरसफाई र हात धुने चरणहरु बारे जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको निड्सका अर्का प्रतिनिधी बर्षा साँउदले बताएका छन् । चर्पीको नियमित सरसफाई, स्वच्छता ब्यवहार, हातधुने बानी र कोरोना भाईरसको सचेतना कार्यक्रममा समाबेस गरिएको छ् ।

ताजा समाचार