कञ्चनपुर १ बाट दोस्रो पटक सांसदको दौडमा एमाले नेता तारालामा तामाङ्ग


कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका नेता तारालामा तामाङ्ग दोस्रो पटक सांसदको दौडमा छन । पालिका, प्रदेशपछि पहिलो पटक संघीय ससदको यात्रामा पुगेका तारा दोस्रो पटक पनि संसदको दौडमा हुन । तारा ०५४सालमा तत्तकालिन कालिका गाविसको अध्यक्ष, ०७४मा तत्तकालिन नेकपा माअ‍ोवादीसंगको गठबन्धनमा १(क) प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । ०७०मा पनि क्षेत्र २बाट काँग्रेस नेता एनपी साउदसंग केन्द्रीय सासदमा पराजित भएका तारा दोस्रो प्रयासमा प्रदेश, तेस्रोमा केन्द्र र फेरी चौथो पटकको प्रयासमा पनि पुरानै साख फर्काउने दाउमा छन । यस अघि ०७९मा तत्तकालिन नेकपा माओवादी, नेपाली काँग्रेसका साझा उम्मेदवार बीना मगरलाई हराउँदै जितेका तारा अहिले पनि चुनावी मैदानमा होमिएका हुन ।

एमाले क्षेत्र १ बाट तारा सहित केन्द्रीय सदस्य महिला नेतृ कमला बोहरा, पुर्व राष्ट्रिय सभा सदस्य ईन्धु कडरियाको सिफारिस गरिएको थियो । पाटी सचिवालय बैठकबाट बोहरालाई टिकट दिएपनि अन्तत फेरी ताराले नै टिकट पाए अहिले चुनावी मैदानमा होमिएका छन । अहिले तारा र कमलासंगै चुनावी तयारीमा जुटेकी छिन । एमाले केन्द्रीय सदस्य कमला बोहराले पाटीले अन्तिमा दिएको निर्णय अनुरुप आफुलाई स्वीकार्य भएको र सोही अनुरुप उम्मेदवार जिताउन खटिएको बताईन । एमाले केन्द्रीय सदस्य बोहराले अहिलेको चुनाव देश बनाउने र जलाउनेविचको लडाई भएको बताईन ।

दोस्रो पटक संसदको यात्रामा रहेका एमाले उम्मेदवार तारालामा तामाङ्गले पहिलो कार्यकालमा अधुरा काम दोस्रो कार्यकालमा गर्ने घोषणा गरेका छन । उनले आफ्नो यो कार्यकालदेखि अधिल्लो पटक प्रदेशको आर्थिकमन्त्री भएका बेला क्षेत्रको बृद्धि विकास गरेको दावि गरेका छन । सोमबार बेलौरीमा पत्रकार सम्मेलन गर्दै एमाले उम्मेदवार तारालामा तामाङ्गले आफुले कहिल्यै भ्रष्टाचार नगरेको तर, आगामी दिनमा पनि भ्रष्टाचार नगर्ने प्रण गरेका छन । क्षेत्रको भौतिक बृद्धि विकासका लागि ईमान्दारितापुर्वक कामकाज गर्ने घोषणा गरेका छन ।

‘अब क्षेत्रका आधुरा पुरा गर्ने सोच बनाएको छु, ‘उनले भने, ‘विभेदरहित रुपमा काम गरेको छु, आगामी दिनमा पनि गर्छु ।’ क्षेत्रमा देखिएका विद्यमान सीमा समस्या, वाढीकटान, आरक्षपीडित, शिक्षा, स्वास्थ्य खानेपानी, भौतिक पूर्वाधार विकासका योजना अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । एमाले कञ्चनपुरका सचिव समेत रहेका निर्वाचन क्षेत्र कमिटि सयोजक पल्लवराज भट्टले निर्वाचन प्रचारप्रसार समिति, सम्पर्क कार्यालय खोलेर चुनावी एजेण्डाका साथ अघि बढेको बताए । क्षेत्र १मा दल सहित स्वतन्त्र गरेर १९उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img