बेलौरी मेयर कपमा खेलाडी कुटपिट प्रकरण: अस्पतालमै पुगे फुटबल संघका अध्यक्ष चन्द, घाइते खेलाडीको न्यायको माग

महेन्द्रनगर: कञ्चनपुरको बेलौरी मेयर कप प्रतियोगिता कुटिएका खेलाडी करन पाल घटनाको छानबिन गरेर दोषि उपर कार्बाही प्रक्रिया अघि सार्न कञ्चनपुर जिल्ला फुटबल संघकले माग गरेको छ।कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द र महासचिव नितेश रावलले घाइते फुटबलर करन पालको स्वास्थ्य अवस्था बुझ्न धनगढीको माया मेट्रो हस्पिटल पुगेका छन्।सोमबार घाईते खेलाडी पाललाई मायामेट्रो अस्पतालमै पुगेर कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

अध्यक्ष चन्दले यसरी खेलकुद मैदानमै खेलाडी कुटपिट हुनु दुखत विषय भएकाले दोषिलाई उन्मुक्ति दिन नहुने बताए । घाईतेको उपचारदेखि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन फुटबल संघलेमाग अघि सारेका छन।घाईते पालका घर परिवारदेखि खेलाडी, खेलकुद क्षेत्रका अगुवाहरुले कानुनी कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन । कञ्चनपुर जिल्ला खेलकुद समिति, कञ्चनपुर जिल्ला फुटबल संघ र कञ्चनपुर जिल्ला रेफ्री समितिले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका हुन ।

ताजा समाचार

spot_img