महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा कञ्चन समाजले हरितालिका तिज विशेष कार्यक्रम भब्यताका साथ समापन गरेको छ।

महिलाहरुको महान चाड हरीतालिका तिज विशेष कार्यक्रम भीमदत्त नगरपालिका वडा नं. ०६ मा कञ्चन समाजले एक विशेष कार्यक्रमका साथ तिज विशेष कार्यक्रम मनाएको हो।

“कञ्चन समाजको आहवान बृद्धबृद्धाको सम्मान” भन्ने मुल नाराका साथ कञ्चन समाज तथा भी.न`.पा. ६ नम्बर वडा कार्यालको संयुक्त आयोजना हरीतालिका तीज कार्यक्रम २०८२ को समापन भीमदत्त नगरपालिका वाडा नम्बर ६ का वडा अध्यक्ष श्री प्रकाश चन्दको प्रमुख आतिथ्यतामा कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ।

उक्त कार्यक्रममा कञ्चन समाजका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समितीका सदस्य हरक सिंह धामी, भी.न.पा.–६ का वडा सदस्य देवकी जोशी, कञ्चन समाजका निवर्तमान अध्यक्ष तेज सिंह कार्की, कञ्चन समाजका सल्लाहकार समर जङ्ग बहादुर चन्द, समाज सेवी श्याम सुन्दर ढकाल लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कञ्चन समाजले वाडाका ६ जना जेष्ठ नागरिक र एकजना युवालाई सम्मान गरेको छ । जसमा जेष्ठ नागरिक तर्फ भीम चन्द, लाली देवी थापा, शिवदत्त लेखक, भागरथी ढकाल, पार्वती पनेरु, मधु देवी चन्द र युवा तर्फबाट, रोहित लेखक लाई सम्मान गरेको हो।
