८ औं बेल्डाँडी खुला नकआउट फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक

प्रतियोगितामा १६ टिम सहभागिता उद्धघाटन खेल अल स्टार 'सि' र बैबाह युवा समाज बिच हुने


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने ८औं बेल्डाँडी खुला नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

सुदूरपश्चिमेलिहरुको महान चाड गौरा पर्वको उपलक्ष्यमा अल स्टार युवा क्लब द्धारा आयोजना हुने ८ औं संस्करण बेल्डाँडी खुला नकआउट फुटबल प्रतियोगितामा २०८२ को खेल तालिका सार्वजनिक गरेको प्रतियोगिता संयोजक एवम् क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो।

उनका अनुसार प्रतियोगितामा बाहिरका १३ क्लब र आयोजकका ३ टिम गरि १६ टिमले प्रतियोगितामा सहभागिता रहेको छ। उक्त प्रतियोगिताको उद्धघाटन भोलि भाद्र ७ गते दिउँसो २:०० बजे हुने छ। प्रतियोगिताको सुरुवाती उद्धघाटन खेल आयोजक टिम अल स्टार युवा क्लब ‘सि’ र बैबाह युवा समाज बीच प्रतिस्पर्धा हिने छ।

प्रतियोगितामा दुई समुहमा टिम बिभाजन गरिएको छ। समूह “क” अन्तर्गत अल स्टार ‘सि’, बैबाह युवा समाज, बेलडाँडी फुटबल एकेडेमी ‘ए’, झिलमिला युवा समाज ‘बि’, अल स्टार युवा क्लब ‘बि’, जय लक्ष्मी एकता समाज, दीप ज्योति युवा क्लब ‘ए’
र एबिएफसी वाणी रहेका छन्। भने समूह ‘ख’ अन्तर्गत दोधारा फुटबल क्लब, दिप ज्योति युवा क्लब ‘बि’, वाइबी स्टार, बेलडाँडी फुटबल एकेडेमी ‘बि’,अल स्टार युवा क्लब ‘ए’, इटाहा चारपाते युवा क्लब, झिलमिला युवा समाज ‘ए’र पुनर्वास न.पा फुटबल टिम गरि दुबै समुहमा आठ-आठ टिम रहेका छन्।

आयोजकले आम जनसमुदाय खेल प्रेमी बुद्धिजीवी समाजका अगुवा नेतृत्वकर्ता, सञ्चारकर्मी/ पत्रकार लगायत सम्पुर्णमा खेलको अवलोकन गरि खेलाडीको हौसला बढाइदिन हार्दिक निमन्त्रणा समेत गरेको छ।

खेल तालिका:


Loading Viewer...

ताजा समाचार

spot_img