धनगढी : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले बीमित डम्बर बहादूर क्षेत्री को परिवारलाई ३० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीबाट २०७८ माघ २९ गते २५ लाख बीमांक रकमको बीमा गर्नु भएका पुर्नवास न.पा. ६, कन्चनपुर निवास स्व.डम्बर बहादुर क्षेत्री को २०८१-१२-२५ गते असामयिक निधन हुन गएको थियो । कम्पनीले बीमित क्षेत्री को श्रीमति सुष्मा क्षेत्री लाई २७ लाख ६१ हजार ५७७ रुपैयाँको चेक घरमै गएर हस्तान्तरण गरेको छ ।

कुल दाबी रकम २९,९३,३३३ बाट कम्पनी बाट बीमतले लिएको ऋण रकम २,३१,७५६ घटाएर कम्पनी ले २७,६१,५७७ रकमको चेक हस्तान्तरण गरेको हो। कम्पनी का सुदुरपश्चिम प्रदेश प्रमुख नबिन किशोर भट्ट सहित धनगढी शाखाका कर्मचारी, अभिकर्ता तथा २ दर्जन भन्दा बढी स्थानीय को उपस्थिति मा कम्पनीले एक कार्यक्रम गरी दाबी भुक्तानी गरेको हो। प्रदेश प्रमुख भट्टले जीवन बिमा आफ्नो भविष्य को लागि बचत गर्ने प्रक्रिया संगै आफ्नो अनुपस्थितिमा मा परिवारमा आर्थिक संकट हुन नदिने सर्वोत्तम बचत रहेको बताए।

बिमा अझै पनि जनताको प्राथमिकता मा नरहेको सन्दर्भमा कम्पनी द्वारा सहज ढङ्गले यसरी घरमै आएर दाबी रकम उपलब्ध गराउँदा आफ्नो अझै विश्वास बढेको कार्यक्रम मा सहभागी स्थानीय हरुले बताएका छन। कमाउने घरमुलिको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलो राहत पुगेको भन्दै बीमित क्षेत्री को श्रीमतिले जीवन विमा अनिवार्य गराउनु पर्ने बताएकी छिन् ।







