जिल्ला फुटबल संघले प्रशिक्षणका लागी बल सहयोग

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा कञ्चनपुर फुटबल संघले प्रशिक्षणका लागी बल सहयोग गरेको छ।

मंगलबार एक कार्यक्रमका साथ लालझाडी युवा क्लव-११ पुनर्वास-१० ले सञ्चालन गरेको ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम -२०८२ लाई नियमित रुपमा अभ्यास गर्न सहजताका लागि ५ वटा फुटबल सहयोग गरेको हो।

कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य अमित कुमार बिक द्धारा क्लबको खेलमैदानमा क्लबका अध्यक्ष काशिराम बोहरा, प्रशिक्षक शेर बहादुर रोकाया र खेलाडीहरु को उपस्थितिमा उक्त बल हस्तान्तरण गरिएको थियो।

क्लबका अध्यक्ष बोहराले फुटवल प्रशिक्षण कार्यक्रम लाई सहज बनाउन सहयोग गर्नु भएको भन्दै पकञ्चनपुर जिल्ला फुटवल संघ का अध्यक्ष गणेश बहादुर चन्द लगायत फुटबल संघ परिवार लाई समेत धन्यवाद दिएको छ।

ताजा समाचार